गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री शाहद्वारा स्पष्टीकरण माग


काठमाडौं ।

काठमाडौंमा गृहमन्त्री सुदन गुरूङसँग प्रधानमन्त्री बालेन्द्र शाहले लिखित स्पष्टीकरण माग गरेका छन्। सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी जानकारी लुकाएको तथा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध जोडिएको आरोपपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो।

गृहमन्त्री गुरूङले भने ऋण लिएर सेयर खरिद गरेको स्पष्ट पार्दै आफ्नो तर्फबाट स्पष्टीकरण बुझाएका छन्। गृहमन्त्रीको सचिवालयका अनुसार सोमबार साँझ ६ बजे प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गरिएको छ।