ललितपुरमा विद्युतीय फोहोर संकलन गाडी सञ्चालनमा


काठमाडौं ।

ललितपुर महानगरपालिकामा फोहोर संकलनका लागि ११ थान विद्युतीय गाडी सञ्चालनमा ल्याइएको छ । शहरी फोहोर व्यवस्थापनमा नेपालमै पहिलो पटक इलेक्ट्रिक गाडी प्रयोग गरिएको बताइएको छ ।

नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले महानगरलाई ‘फोटोन टिएम १’ मोडलका कस्टमाइज्ड वेस्ट कलेक्सन भेहिकल हस्तान्तरण गरेको हो । यी सवारीहरू फोहोर संकलनका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

महानगरका अनुसार विद्युतीय गाडी प्रयोगसँगै फोहोर व्यवस्थापन कार्य थप प्रभावकारी बनेको छ । साथै, आवश्यक जनशक्ति तीनबाट घटाएर दुई जनामा सीमित गर्न सकिएको छ । जसले लागत घटाउन सहयोग पु¥याएको छ । यस पहलले महिलाहरूका लागि रोजगारीका अवसर समेत सिर्जना गरेको महानगरले जनाएको छ ।