काठमाडौँ ।
काठमाडौँस्थित नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको भाउ भने प्रतितोला ३० रुपैयाँले घट्दै ५ हजार १६० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार चाँदीको मूल्य ५ हजार ६५ रुपैयाँ रहेको थियो।











प्रतिक्रिया