पाकिस्तानको पहलमा अमेरिका–इरान शान्ति वार्ता प्रयास


काठमाडौं ।

पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले अमेरिका र इरानबीच बढ्दो तनाव कम गरी शान्ति स्थापना गर्न पहल थालेका छन्। उनले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन संवाद गर्दै युद्धविरामका प्रयास र क्षेत्रीय स्थायित्वबारे छलफल गरेका छन्।

पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार मन्त्री दारले कूटनीतिक माध्यमबाट बाँकी मुद्दा समाधान गर्दै निरन्तर वार्तामा जोड दिएका छन्। पाकिस्तानले क्षेत्रीय तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्न मध्यस्थतामार्फत सक्रिय कूटनीतिक पहल गरिरहेको जनाएको छ।