बोशीमा बाढीबाट हुने कटान रोक्न बाँध निर्माण

470
Shares

उदयपुर ।

उदयपसर र सुनसरीजिल्लाको सीमा हुँदै बग्ने सप्तकोशीको बाढीबाट उदयपुर तर्फको डिल जग्गा कटान संभावित खतरालाई रोक्न बाँध निर्माण गरिएको छ ।


कोशी कटान हुने अति सम्वेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका वडा नं ८ लाहुरेखोचस्थित डुम्रीबोटे क्षेत्रमा बाँध निर्माण गरिएको हो । बिगबोल्ड अर्थात ठूला ढुङ्गाको तटबाँध निर्माण गरी वर्षयाम आउनु अगावै कटान रोकथामको काम शुरु गरिएको छ ।

सिंचाई तथा जलश्रोत ब्यवस्थापन आयोजना कार्यालय विराटनगरले दुईकरोड ३२ लाख ९८ हजार ६९० रुपियाँको लागतमा ठेक्का सम्झौता गरी दुई छुट्टाछुट्रटै निर्माण ब्यवसायीमार्फत एक किलोमिटर लम्बाई, नौ मिटर स्लोभ उचाई र डेढमिटर धुरीको चौडाई भएको बिगबोल्डर अर्थात ठुला ढुङ्गा लगाएर तटबाँध निर्माण गरी कोशी नियन्त्रणको काम गरेको हो ।

विगतमा सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि सो स्थानभन्दा तलबाट कटान गरी कोशी पुन गाउँतिर पस्ने खतरा बढेकोले बिगबोल्डर स्लोप अर्थात ठुला ढुङ्गा बिछाएर तटबाँध निर्माण गरी कोशी नियन्त्रणको कार्य धमाधम भईरहेको सिंचाई तथा जलश्रोत ब्यवस्थापन आयोजना कार्यालय विराटनगरका आयोजना प्रमुख डिई राजेन्द्रप्रसाद देबले बताउनुभयो ।

कोशीको प्रवाहलाई किनारातिर ठोक्किएर दवाव कम गरी कटान नियन्त्रण गर्न अघिल्ला वर्षहरुमा लगाइएको विबोल्डर प्रभावकारी भएकोले अहिले पनि त्यस प्रकारको नदी कटानको प्रवाहलाई नियन्त्रण गर्न सोहि किशिमको विगबोल्डरको स्थायी प्रकृतिको बाँध बनाइएको उहाँले बताउनुभयो ।

२०८३ वैशाख २० गते भित्रमा सम्पूर्ण काम सम्पन्न गर्नेगरी केयन बिल्डर्स प्राली मोरङ्ग र दिखुपा कन्ट्रक्रसन प्राली सुनसरीसँग १ करोड १६ लाख ४८ हजार ९०५ रुपियाँ र एक करोड १६ लाख ४९ हजार ७८४ रुपियाँको लागतमा तटबाध निर्माण गर्न २०८२ वैशाख २१ गते दुई अलग अलग ठेक्का सम्झौता गरी निर्माणको काम अगाडि बढाइएको डिई देवले बताउनुभयो ।
त्यहाँ स्थायी प्रकृतिको तटबाँघ नहुदासम्म यो वर्षपनि बाढीको उच्च जोखिम कायमै रहेको अवस्थामा करिव पाँचसय घर परिवारहरु पुःन विस्थापित हुनसक्ने स्थिति भएपछि दुईसय किलोग्रामभन्दा बढि तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्नसक्ने खालको स्थायी प्रकृतिको बाँध बनाइएको उहाँले बताउनुभयो ।

सप्तकोशीको बाढीबाट विगत वर्षमा बेलका नगरपालिका वडा नं २, ३, ८, ९ र सुनसरीको बराह क्षेत्र नगरपालिकाको ६ र ९ नम्बर बडाका गरि करिव दुईहजार पाँचसय घर प्रभावित वनेकोमा पाँचसय परिवार तत्काल अस्थायी आवासको ब्यावस्था गरी सुरक्षित स्थानमा राखिएको थियो । सो क्षेत्रमा थप तटबाँध निर्माण गरी कोशी कटानको जोखिमबाट स्थानीय टप्पुवासि जनताको सुरक्षाका लागि थप बजेटको आवश्यक परेको पनि उहाँले बताउनुभयो ।

कोशी कटानको जटिल समस्याले जीवन र मरणको संघारमा बाँचीरहेका त्यस क्षेत्रका गरिव तथा विपन्न किसानहरुको कष्टकर दैनिकिलाई यस वर्ष बनाइएको बाधले निकै ठूलो राहत पुग्ने विश्वास गरिएको छ । तर हाल ईरान र अमेरिकाबीचको लडाईले मध्यपूर्वमा भई रहेको ईन्धन अभावका कारण निर्माण सामग्रीहरुको मूल्य एकाएक आकासिएपछि बिचैमा योजना छोडेर भाग्नुपर्ने होकी भन्ने स्थिति आईपरेकोले सरकारले यस किशिमका अत्यन्त संवेदनशील योजनाहरुको लागि निर्माण कार्यमा निरन्तरता दिन मूल्य समायोजन गर्न अतिनै आवश्यक रहेको ब्यवसायीहरुको भनाई रहेको छ ।