भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ५८ औं सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा जारी छ ।
बैठक बिहान साँढे ११ बजे सुरु भएको थियो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी कार्यदिशा, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, आउँदो केन्द्रीय कमिटी बैठक र त्यसको तयारी तथा कार्यसुची लगायत बिभिन्न एजेण्डामा छलफल भइरहेको बताइएको छ ।
एमाले अध्यक्ष ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकबारे जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावना र संसद पुर्नस्थापनाबारे पनि छलफल हुने बताइएको छ ।
यसअघि असोज १२ गते बसेको सचिवालय बैठकले असोज २७, २८ र २९ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्ने निर्णय गरेको थियो ।
तर तयारी नपुगेको भन्दै केन्द्रीय समितिको बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने गरी सारिएको एमालेले जनाएको छ ।











प्रतिक्रिया