काठमाडौँ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी खरिदका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।
बैंकको आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदरसमेत समायोजन हुनेछ। यसैगरी, एक्सपोमा नयाँ विद्युतीय गाडी (ईभी) खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको विशेष योजना ल्याएको छ। तीन वर्षको अवधि पूरा भएपछि उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ।
ग्राहकको सहजताका लागि ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमै आफ्नो स्टल राखेर कर्जा प्रक्रिया अघि बढाउने व्यवस्था गरेको छ। ग्राहकले एक्सपोमा रहेको बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्।
आवश्यक कागजात पूरा भएपछि बैंकले गाडी खरिदका लागि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।
आधुनिक प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ लगायतका सम्मान प्राप्त गरिसकेको जनाएको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधिसमेत प्राप्त गरेको जनाएको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका विभिन्न पुरस्कार प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा सेवा दिँदै आएको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।











प्रतिक्रिया