काठमाडौं ।
पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक पाँच वर्षसम्म सम्पन्न नगरेपछि ठेकेदारको जमानत जफत गरिएको छ।
पिआररओमबुद्ध जेभी बसुन्धरा, काठमाडौंले जिम्मा लिएको उक्त झन्डै ६ किलोमिटर सडकको सम्झौता २०७८ जेठमा भई १८ महिनाभित्र सक्नुपर्ने भए पनि तोकिएको म्याद कटाएर पनि ३५५ मात्र प्रगति भएको थियो।
पटक–पटकको आग्रहपश्चात् पनि काममा फर्किन नमानेपछि गण्डकी प्रदेशअन्तर्गतको आयोजनाले जमानत जफत गर्दै थप कारबाही प्रक्रिया अघि बढाएको छ।
निर्माण अलपत्र हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ भने ठेकेदारमाथि कडा कारबाहीको माग उठेको छ।











प्रतिक्रिया