२५ विधामा छायाँछवितीज म्युजिक अवार्ड हुने


छायाँछवि क्रियसनले १२ वर्षदेखि आयोजना गर्दै आएको साँस्कृतिक पर्व तीजमा आधारित छायाँछवि तीज म्युजिक अवार्ड यस वर्ष पनि गर्ने भएको छ।

आयोजक संस्थाले १२औैँ संस्करणका लागि तीज गीत दर्ता गर्न रूपमा आह्वान गरेको छ। तीज गीतका संगीतकर्मी र गायक गायिकालाई सम्मान तथा प्रोत्साहन गर्नका लागि अवार्ड कार्यक्रममा निरन्तरता दिइएको कार्यक्रमका अध्यक्ष शान्तिप्रियले जानकारी गराएका छन्।

उनका अनुसार १२औँ तीज म्युजिक अवार्डमा तीज गीत संगीतका विभिन्न २५ विधामा स्रष्टालाई पुरस्कृत गरिनेछ। कार्यक्रममा विभिन्न सम्मान एवं पुरस्कार पनि प्रदान गरिने उनले जानकारी गराए। आयोजकका अनुसार अवार्डको लागि साउन महिनाभर गीत दर्ता गर्न सकिनेछ।

Skip This