भक्तपुरको वेदिक स्कुलको सर्वोत्कृष्ट जीपीएसहित शतप्रतिशत नतिजा


काठमाडौं।

भक्तपुरको वेदिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई), २०८१ मा सर्वोत्कृष्ट जीपीएसहित शतप्रतिशत नतिजा ल्याएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटमा अवस्थित उक्त विद्यालयका दुई विद्यार्थीले ४ जीपीए र अन्य विद्यार्थीको उत्कृष्ट ग्रेड ल्याउँदै शतप्रतिशत नतिजा ल्याएका हुन् ।

विद्यालयले लामो समयदेखि उत्कृष्ट शिक्षा, अनुशासन र व्यक्तित्व विकासमा ध्यान दिँदै आएकोे छ । सँगै विद्यार्थीको मेहेनत, अभिभावकहरूको साथ रहँदै आएको आरके राउतले बताए । ‘परीक्षामा उत्कृष्ट नतिजा विद्यार्थीको निरन्तर परिश्रम, अभिभावकको सहयोग र विद्यालयको समर्पित शिक्षण शैलीको साझा उपलब्धि हो ।’ विद्यालयका सञ्चालक आरके राउतले भने । सञ्चालक राउतका अनुसार वेदिक स्कुलले विद्यार्थीलाई कक्षा कोठामा विषयगत शिक्षाका साथै अतिरिक्त क्रियाकलापमार्फत् थप ज्ञान दिने तथा व्यवाहरिक सीप प्रदान गर्र्न समेत जोड दिँदै आएको छ ।

भक्तपुर जिल्ला उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास भइरहेको सन्दर्भमा यसपटकको नजिताले आफूहरुलाई थप उत्साहित बनाएको सञ्चालक राउतको भनाइ छ ।