नेपाल किड्स आइडल हुँदै


जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो नेपाल किड्स आइडलको स्कुल एक्टिभेसन शुरू भएको छ।
आयोजकले विद्यालय पुगेर स्कुल एक्टिभेसन शुरू गरेको हो। शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्।

जय मिडियाका संस्थापक जय राज रायले स्कुल एक्टिभेसनले विद्यार्थीलाई शो प्रति चासो बढाएको बताए।
जयका अनुसार नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभा चयन गरिनेछ।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपियाँ नगद पुरस्कारसहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन्। त्यस्तै २६ जना प्रतियोगीले जनही १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। शो ३० एपिसोडको हुनेछ।