संगीतकर्मीहरु सम्मानीत


नेपाल संगीत उद्योग संघले हालै राजधानीमा आयोजना गरेको एक कार्यक्रमका बीच गीत संगीत र संस्कृतिको क्षेत्रमा ५ दशकसम्म सेवा गरेका संगीतकर्मीहरुलाई सम्मान गरेको छ।

कार्यक्रममा ख्यातिप्राप्त गायिका मीरा राणा, देउडा गायक नन्दकृष्ण जोशी, संगीतकार बुलु मुकारुङ र रामा मण्डललाई दीर्घ संगीत सेवा सम्मानबाट सम्मानित गरिएको छ। संगीतकर्मीहरुलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले दोसल्ला ओडाएर ताम्रपत्रका साथ सम्मान गरेकी थिइन्।

२०२२ सालदेखि रेडियो नेपालमा गीत रेकर्ड गराएकी मीरा राणाले सयौं गीत गाएकी छन्। देउडासम्राट उपमाले परिचित नन्दकृष्ण जोशीले २०३४ सालदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका गाऊबस्तीमा मात्र सिमित गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए। २० गीतिक्यासेट प्रकाशित गरेका जोशीका झ्याम्म झ्याम्म, गलबन्दीमा रातो धागो, झम्क्यो डालीमा, ओ वाज झुम्य्रौली वाजलगायतका देउडागीत प्रचलित छन्। बुलु मुकारुङको इलामे शहर चियाबारी राम्रो बोलको गीत लोकप्रिय छ।

Skip This