काठमाडौँ।
प्रेमबहादुर साउदले वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाखबढी ठगी प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्। आयरल्याण्ड र युके पठाउने भन्दै ५१ लाखबढी ठगी शीर्षकमा विभिन्न संचारमध्यममा समाचार प्रकाशित भएको थियो। सो समाचारप्रति गम्भीर आपत्ति जनाउदै साउदले आफू विदेश पठाउने म्यानपावरको स्टाफ र एजेन्ट केही पनि नभएको स्पष्ट परेका छन्।
वैदेशिक रोजगार विभागमा ठगी सम्बन्धी टेकबहादुर ओली,दुर्गा प्रसाद पोखरेल र चिन्दै नचिनेको यामप्रसाद पोखरेलले झुट्टा मुद्दा हालेको सत्य भएको तर, सोही मुद्दा अनुसार ठगी कार्यमा आफू संलग्न नरहेको उनले बताएका छन्। उनले आफू पनि पीडित रहेको बताएका छन्। उनलाई आयरल्याण्डको वर्किङ् भिसा आउन लामो समय लाग्ने र र भिसा स्पोन्सर भएकाले छिटो कामहुने भन्दै आफू म्यानपावरको बोस बताउने राहुल तामाङ भन्ने व्यक्तिले एडभान्स रकम मागेपछि सोही अनुसार उनीसहित पाँच जनाले अप्लाइ गरी पासपोर्ट म्यानपावरमा बुझाएको र सोही क्रममा एडभान्स रकम एक लाख पनि बुझाएको उनले बताए।
एडभान्स रकम बुझाउने क्रममा दुर्गा पोख्रेलले उनको खातामा रकम पठाएको र आफ्नो र दुर्गाको गरी दुई लाख रुपियाँ म्यानपावरले भने अनुसार स्वस्तिका अधिकारीको खातामा पठाएको उनले बताए। राहुलले भिसा दिएको र राहुलले नै स्वस्तिका अधिकारी, सानु सुनार र अर्को थापा थरको खातामा रकम डिपोजिट गरी चेक लागेको तर,ठगी मुद्दा आफ्नो नाममा दायर भएको उनले बताए।
ठगी मुद्दामा जाहेरवालाले दाबी गरेको ४१ लाख ९० हजार बिगो रकममा आफ्नो कुनै संलग्नता नरहेकोले वैदेशीक रोजगार विभागबाट समेत सफाइ पाएको उनले बताए।
दाबी गरेको ४१ लाख ९० हजारमा म्यानपावरका स्टाफ स्वस्तिका अधिकारी,सानु सुनार र उल्वल थापाको रहेको साउदको भनाइ छ।
प्रतिक्रिया