लन्डन, (एजेन्सी)
लामिन यामाल र राफिन्हाले समान २–२ गोल गरेपछि बार्सिलोनाले ला लिगामा जित निकालेको छ । गत एल क्लासिकोमा रियल मेड्रिडसँग हारेको बार्सिलोनाले अलाभेसमाथि ६–१ को फराकिलो जित हासिल गरेको थियो । यो जितमा अन्य दुई गोल एन्थोनी गोर्दन र फर्मिन लोपेजले गरेका थिए ।
ब्राजिली खेलाडी राफिन्हाले यस सिजनमा १५ लिग गोल गरेका छन् । उनीपछि दोस्रो स्थानमा रियल मेड्रिडका क्लियन एम्बाप्पे रहेका छन् । गत एल क्लासिकोमा दुबै गोल गरी बार्सिलोनालाई जित दिलाएका एम्बाप्पेले ११ लिग गोल गरेका छन् । यामाल भने १० गोलसहित तेस्रो स्थानमा छन् ।
यो जितसँगैं बार्सिलोना ३० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघिको खेलमा लेभान्टेलाई २–० ले हराएर एट्लेटिको मेड्रिडले शीर्ष स्थान कब्जा गरेको थियो । बार्सिलोनाले जितेपछि एट्लेटिको केही क्षणको लागि मात्रै शीर्ष स्थानमा रहन पाएको थियो । एट्लेटिकोको २८ अंक छ ।











प्रतिक्रिया