काठमाडौं ।
टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरवराज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौताले टाटा ग्राहकलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यस अघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि नगदरहित बीमा दावी सम्झौता गरिसकेको छ ।
प्रतिक्रिया