काठमाडौँ।
लगातार आन्दोलनको कारण आफ्नो छोरी लगायत विद्यार्थीको पठनपाठन खुलागर्न माग गर्दै शिक्षकलाई आग्रहगर्दा एकजना अभिभावक निर्धात कुटिएका छन् । मलाई धक्का मुक्का गरे प्रहरीले नछुटाएको भए कुटिन्थे होला । गोदावरी नगरपालिका–५ निवासी सनत महतलाई शिक्षक आन्दोलनमा घुसपैठ गरेको आरोप लगाएर शिक्षकले कुटपिट गरेका थिए । उनकी छोरी प्रेसप्रोएका महत स्थानीय सरस्वती माविमा कक्षा ८ उत्तीर्ण गरी ९ मा पुगेकी छिन्।
भर्खरै डिएलई सकेर ९ मा पुगेकी छिन् । सो विद्यालयमा कक्षा ८को परीक्षाफलको अवस्था दयनीय छ । ३९ जना विद्यार्थी थिए । ती मध्ये ६ जनाको ५ वटै विषय लागेको छ । उनीहरु रिपिट गर्नुपर्ने भए ६ जना पास भएका छन् । बाँकी सबैले पूरक परीक्षा दिनुपर्छ । अब ती विद्यार्थीको भविष्य के हुन्छ ? कहिले पूरक परीक्षा दिन पाउँछन् । कक्षा ८ को परीक्षा फेरी दिन मिल्छ कि मिल्दैन भन्ने चिन्तामा थिए । गोदावरीको उत्कृष्ट विद्यालय हो । उक्त विद्यालयमा ३ सय विद्यार्थी छन् ।
मैले त शिक्षकहरुलाई अब आन्दोलनको मोडालिटी परिवर्तन गर्नुप¥यो भनेको थिए । के थाहा शिक्षक यति उग्र हुन्छन् भनेर । मैले त शिक्षक भनेको शिष्ट व्यक्ति हुन भनेर सोचेको थिए । के थाहा यति अशिष्ट हुन्छन् भनेर । उहाँहरूको कार्यक्रममा गए सधै विद्यालय बन्द गरेर समस्या समाधान गर्न सकिन्छ भनेर सोधे । त्यति के भनेको थिए , ममाथि धक्का मुक्का भयो । मलाई कसैले सिकाएर गएको होइन । म त मेरो वडाको विद्यालयको एकजना अभिभावक भएको नाताले गएको हुँ । ममाथि अभद्र व्यवहार भयो ।
न्युजअफ नेपालसँगको कुराकानीमा आधारित
प्रतिक्रिया