ललितपुर ।
कुमारी जावलाखेलमा सुस्ताएको बजारलाई प्रवर्द्धन गर्न कुमारीपार्टी जावलाखेल सडक महोत्सवले निकै टेवा पु¥याएको बताइएको छ ।
कुमारीपार्टी जावलाखेल व्यापार संघको आयोजनामा चैत २२ गते शुक्रवार र २३ गते शनिवार भएको कुमारीपाटी जावलाखेल सडक महोत्सव त्यहाँको बजारलाई चलायमान गरेको संघले जनाएको छ । स्थानीय तह, विभिन्न व्यवसायी र सहभागिताले दिएको प्रतिक्रियाको आधारमा संघले सो निष्कर्ष निकालेको संघका अध्यक्ष वीरेन्द्र शाक्यले जानकारी दिए। महोत्सवपछि उपयुक्त समयदेखि रात्रिकालीन बजार पनि सञ्चालन गर्ने तयारी भइरहेको छ।
ललितपुर महानगरपालिकाको सहआयोजना तथा ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर चेम्बर अफ कमर्सको लगायत कुमारीपार्टी क्षेत्रमा क्रियाशील सबै संघसंस्थाको सहयोगमा महोत्सव आयोजना गरिएको थियो । यस महोत्सवले बजार प्रवर्द्धन गर्नमा पारेको प्रभावलाई मध्यनजगरी हरेक वर्ष महोत्सव गर्दै जाने पनि जनाएको छ।












प्रतिक्रिया