भोलिसम्म आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा स्थगित हुने !

80.56k
Shares

 काठमाडौँ। 

भोलिसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा कठिन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलीसम्म पनि विद्यालय खुलेन भने परीक्षा लिन कठिन हुने जनाएको छ ।
 
 बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा गर्ने अन्तिम तयारी भएता पनि आन्दोलन फिर्ता नलिएसम्म सम्भावना नहुने बताए । भने–भोली अर्थात् सोमबारभित्र आन्दोलनरत शिक्षक केन्द्रमा प्रवेश नगरे परीक्षा हुन कठिन छ । ‘हामी त एकदिन अघिसम्म प्रश्नपत्र पठाएर परीक्षा लिन तयार छौ, तर परीक्षा संचालन र व्यवस्थापन गर्ने जिम्मा लिएका शिक्षक केन्द्रमा प्रवेश नगरेसम्म परीक्षा हुन कठिन छ । 

 ‘हालसम्म स्थगित गरेका छैनौ, भोलीसम्म आन्दोलन जारी रहे हुने सम्भावना छैन–बोर्डस्रोतले भन्यो । परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री विद्या भट्टराई, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायत, जिल्लास्थित परीक्षा समन्वय समिति लगायतसंग छलफल जारी राखेको छ । 
  ‘खै वैशाख ११ मा परीक्षा हुने छाँटकाट देखिँदैन । शिक्षकको आन्दोलनको कारण यो वर्षको कक्षा १२ को परीक्षा रोकिने अवस्था भएको छ’–स्रोतले भन्यो । बोर्डले सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकेको छ । अनलाइनबाट प्रश्नपत्र पठाउने भएपछि कुनै समस्या छैन प्रअनै आन्दोलनमा आएको कारण  परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नगएको कारण गम्भीर असर गरेको छ, परीक्षा लिनसक्ने अवस्था छैन’–बोर्डका अधिकारीले भने ।  

  शिक्षक नै परीक्षा केन्द्रको केन्द्राध्यक्ष,निरीक्षक हुने भएकोले उनीहरुको सहयोग नभएको कारण परीक्षा स्थगित हुन लागेको हो । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)का अध्यक्ष होमकुमारथापाले केहीदिन परीक्षा स्थगित हुँदा  कुनै समस्या नहुने बताउदै सरकारले  शिक्षकको मागप्रति चासो नदिँदा समस्या परेको जानकारी दिए । महासंघले आजबाट सबै निजी विद्यालय बन्द गर्न आग्रह  गरेको छ ।  कक्षा १२ को परीक्षामा १ हजार ५सय ९१ परीक्षा केन्द्र छ । केन्द्र कायम भएका अधिकांस सामुदायिक विद्यालय हुन ।

 परीक्षामा करिब ४४ हजार जनशक्ति परिचालित हुनेछन् । ती सबै व्द्यिालयका प्रअदेखि शिक्षक, कर्मचारी र कार्यालय सहयोगी हुन ।  नियमित र आंगिक र २२ वर्ष पुराना परीक्षार्थीसहित ५ लाख ५१ हजार परीक्षार्थी सहभागी हुनेछन् । बिसं २०५६ देखि ०७७ सम्मका ३८ हजार परीक्षार्थी छन् । आंशिक तर्फ ९९ हजार ७ सय ९३ र नियमिततर्फ ३ लाख ९७ हजार ९ सय ७५विद्यार्थी छन् । 

महासंघले ६ दिनअघि  केन्द्राध्यक्ष, निरीक्षक लगायत सबैलाई कुनैपनि काममा संलग्न नहुनसबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरिसकेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले १२ कक्षाको परीक्षामा सबैले सहयोग गर्नुभयो । भन्नुभयो–परीक्षा भएन भने अन्तर्राष्ट्रिय रुपमा मुलुकको शाख गिर्नेछ, त्यसैले शिक्षकले परीक्षा रोक्नु हुँदैन ।