शर्मिला वाइबामाथि रड प्रहार


काठमाडौँ।

आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो ।

रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार भैरहेको छ ।

उनलाई कसले रड हान्यो खुलेको छैन।