च्याम्पियन्स लिग: सात पटकको च्याम्पियन मिलान बाहिरियो


काठमाडौं।

इटालियन क्लब एसी मिलान युइएएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मंगलबार प्ले अफको दोस्रो लेगमा डच टोली फेयनुर्डसँग १–१ को बराबरी खेलेपछि नकआउट चरणबाटै बाहिरियो । यो नतिजापछि मिलान समग्रमा १–२ ले पछि परेको हो । यसअघि पहिलो लेगमा पहिलो लेगमा फेयनुर्ड १–० ले विजयी भएको थियो ।

मिलानले उनीहरूकै मैदान सान सिएरोमा घरेलु भुमि र दर्शकको साथ पाएको थियो । पहिलो गोल मिलानले नै गरेको पनि हो । तर, फेयनुर्डका जुलियन कारन्जाले गोल गरेपछि खेल १–१ मा बराबरीमा सकियो ।

मिलानको लागि स्यान्टियागो गिमिनेजले गोल गरेका थिए । मिलानको लागि थप गोल आवश्यक थियो तर, कसैले थप गोल गर्न सकेनन् । मिलान च्याम्पियन्स लिगमा सात पटक उपाधि जितेको टोली समेत हो ।

बायर्न, बेन्फिका र ब्रुग अन्तिम १६ मा

बेल्जियमको क्लब ब्रुग, जर्मन क्लब बायर्न म्युनिख र पोर्चुगलको क्लब बेन्फिकाकाले अन्तिम १६ यात्रा तय गरेका छन् । समग्रमा ब्रुगले इटालियन क्लब एटलान्टालाई ५–२ तथा बेन्फिकाले फ्रेन्च क्लब मोनाकोलाई ४–३ ले पराजित गरेका हुन् । बायर्नले भने स्कट क्लब सेल्टिकलाई हराएर अन्तिम १६ को स्थान सुरक्षित गरेको हो ।