जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुरबाट एकजना पक्राउ


काठमाडौं।

काठमाडौं, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।