ई-कमर्स विधेयक सर्वसम्मतिले पारित


काठमाडौं ।

 विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो।

प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

 प्रस्तावमाथि  सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

 मन्त्री भण्डारीको प्रस्ताव गरे लगत्तै सभामुख देवराज घिमिरेल विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरिएको घोषणा गरेका हुन् ।