काठमाडौं ।
चलचित्र विकास बोर्डले क्यान्सरपीडित कलाकार राजन थापालाई उपचारको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। ४ दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेका थापा १ बर्षदेखि आन्द्राको क्यान्सरसँग जुध्दै आएका छन्।
उपचारका लागि खर्च अभाव झेलिरहेकाले उनलाई सहयोग गर्ने चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले एक लाख रुपियाँको चेक प्रदान गरेका छन्। कोषको संयोजक अभिनेत्री बसुन्धरा भुसाल छिन्।
२०३९ सालमा कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुस्मन, ईकु, कंगाल, सम्पत्तिलगायतका फिल्म तथा अविरल बग्दछ इन्द्रावती, रहरै भो, श्रीमान श्रीमती, तितो सत्य, चक्कर, भुर्इंचालो, सञ्चयजस्ता सिरियलमा अभिनय गर्दै आएका छन्।
प्रतिक्रिया