काठमाडौं ।
डीएभी कलेजद्वारा आयोजित छैटौं डीएभी (प्लस टु) अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको उपाधि डीएभी कलेजले नै जितेको छ। डीएभीले फाइनलमा ओमेगा कलेजलाई पराजित गरेको हो। योसँगै आयोजकको टोलीले ३ लाख र ओमेगाले २ लाख नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा उत्कृष्ट खेलाडी डीएभीका भार्गव सिलवाल, उत्कृष्ट गोलरक्षक ओमेगाका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगाका योगान्त महर्जन घोषित भए । उनीहरूले जनही नगद १५ हजार प्राप्त गरेका थिए।
विजेता, उपविजेता टोली तथा उत्कृष्ट बनेका खेलाडीहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेतलगायतले पुरस्कार दिइएको थियो।
प्रतियोगिता गत माघ १६ गते प्रतियोगिता भव्यताका साथ शुभारम्भ गरिएको थियो । कलेजकै फुटसल मैदानमा ४० कलेजको सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालित सो प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठूलो धनराशिको भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले दाबी गरेका थिए।











प्रतिक्रिया