कीर्तिपुरमा सरकारी गाडी दुर्घटना हुँदा चार जना घाइते


काठमाडौं ।

काठमाडौंको कीर्तिपुरमा सरकारी गाडी दुर्घटना भएको छ । बुधबार बिहान शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बर प्लेटको हाइलक्स गाडी दुर्घटना हाे ।

दुर्घटनामा चालकसहित चार जना घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । घाइते हुनेमा कीर्तिपुरकी ४७ वर्षीया सम्झना देवकोटा, मध्यपुर ठिमी बस्ने ४७ वर्षीय विजय सत्याल र रुकुम घर भई काठमाडौं बस्ने ३३ वर्षीय शंकर बुढाथोकी रहेका छन् । घाइतेहरुको अवस्था सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब १ सय मिटर तल भीरमा खसेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।