हाइ अल्टिच्युट गल्फकोट निर्माण गर्नेे

५४ लाख बजेट बिनियोजन

470
Shares

मुगु ।

नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्ष २०८१/०८२ को लागि रारामा हाइ अल्टिच्युट गल्फकोट निर्माण गर्न ५४ लाख बजेट बिनियोजन गरिएको छ। संस्कृति पर्यटन तथा राराको तल्लो मिलिचौरमा हाइ अल्टिच्युट गल्फकोट निर्माण हुन लागेको हो।

राराको दिगो विकाससँगै लगानी भित्र्याउन र विश्वका धनाढ्यलाई खेल खेल्न ल्याउने उद्देश्यले हाइ अल्टिच्युट गल्फकोटको प्रमुख अवधारणा तय गरिएको उनको भनाइ छ। पर्यटन प्रर्वधनको लागि मन्त्रालयले समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा रहेको रारामा गल्फकोट निर्माणसँगै ताल वरिपरिको माटो परीक्षण गरेर रंगिन बिरुवा रोपेर रारालाई झन् सुन्दर बनाउन मन्त्रालयको ध्यान जानुपर्ने एक पर्यटन व्यावसायी पदम न्यौपानेको भनाइ छ।

गल्फकोट निर्माणको निम्ति मन्त्रालयबाट बजेट विनियोजन हुँदा लगानीकर्तादेखि पर्यटन व्यवसाय उत्साहित देखिएका छन्। रारामा गल्फकोट निर्माणले पर्यटन प्रर्वधनमा थप टेवा पुग्ने रारा होल्डिङ प्रालिका अभिषेक विक्रम शाहले भने यो वर्षबाट रारा मुर्माकोटमा अस्ट्रेलियन एक्सपर्ट ग्रुपको १ अरब १० करोड लगानीमा अत्याधुनिक सुविधायुक्त रिसोर्ट निर्माण गरिने भएको छ।

Skip This