भीम रावलको साढे दुईघण्टे पत्रकार सम्मेलन, ओलीमाथि ७४ बुँदे प्रश्न (पूर्णपाठ)


काठमाडौं ।

नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् ।
बुधबार कार्की व्यंक्वेटमा पत्रकार सम्मेलन गरी उनले ओलीमाथि आरोपको वर्षा गरेका हुन् ।

उनले ७४ बुँदामा ओलीलाई प्रश्न सोधेका छन् । एमालेबाट निकालिएपछि रावलले अब मातृभूमि जागरण अभियान चलाउने घोषणा पनि गरेका छन् ।

उनले एमालेमा ५ दशक लामो संगठित सदस्यता खोसेपछि नयाँ बाटो खोज्न बाध्य भएको पनि बताएका छन् ।