बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


काठमाडौं ।

आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ। चाँदीको मूल्य भने स्थिर देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो।

मङ्गलबार प्रतितोला रु एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। आज चाँदी प्रतितोला रु एक हजार सात सय ६५ मा किनबेच हुँदैछ।