आईजीपी रनिङ शिल्ड फुटबल सम्पन्न


काठमाडौं ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ४२औं आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको टिमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख र द्वितीय हुने टिमले १ लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।