काठमाडौं ।
बालविवाह र महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म जुनाको फस्टलुक सार्वजनिक गरिएको छ।
फस्टलुकमा फिल्मकी प्रमुख कलाकार अस्मिता ढकाललाई सोलो प्रस्तुत गरिएको छ।
फस्टलुकमा अस्मितालाई ग्रामीण पहिरनमा देखाइएको छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा दीपकप्रसाद घिमिरेद्वारा निर्मित तथा जीवन सेञ्चुरीद्वारा निर्देशित फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके, केशव अधिकारीलगायतले अभिनय गरेका छन्।
निर्देशक सेञ्चुरीले नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, अनमेल विवाह, बहुविवाह, जबरजस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको बताए।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ।











प्रतिक्रिया