तोलामा १ हजार रुपैयाँ घट्यो सुनको मूल्य


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्य घटेको हो।

आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ।

आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भइरहेको छ। सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।