मार्बलसको दुई टोली सेमिफाइनलमा


काठमाडौं ।

मार्बलसका सिनयर र जुनियर ब्वाइज टोली १३ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मध्य क्षेत्रीय प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा मार्बलसले स्वप्न वाटिकालाई ४०–३२ ले पराजित गर्‍यो। मार्बलसको जितमा रोहित दाहालले १५ अंक योगदान गरे । जुनियर ब्वाइजको क्वार्टरफाइनलमा नवीन कार्कीको १७ अंक सहयोगमा मार्वलसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४५–२८ ले हरायो ।

सिनियर ब्वाइजमा एआईएले काठमाडौं जेभियर्स पब्लिकलाई ३९–३१, सनसाइनले अल्वर्टलाई ८२–१८ र हेम्सले अक्षरलाई ४६–२६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एआईएका सुबोध केसीले १६, सनसाइनका सोनाम तामाङले ४१ र हेम्सका सुशांक आचार्यले १७ स्कोर गरे ।

जुनियर ब्वाइजमा हेम्सले स्पाङ्गेललाई २८–१६, काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४६–१३ र सनसाइनले लिटिल फ्लावरलाई ४९–२३ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए । हेम्सका प्रेनिश दासले १४, काठमाडौं जेभियर्सका अनमोल कुशुवारले २६ र सनसाइनलका ऋतिक गिरीले ४६ अंक जोडे ।

सिनियर गर्ल्समा काठमाडौं जेभियर्सले स्पाङ्गेललाई ३२–१०, एसियन पब्लिकले सिर्जनशीललाई १२–४, लिभरपुलले स्वप्न वाटिकालाई १२–७ र इनोभेटिभले चैतन्य शिक्षा संस्कारलाई १९–६ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।