माइक्रोबस र ट्रक एकआपसमा ठक्किँदा २२ जना घाइते


परासी ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ अलकत्रे डाँडामा शुक्रबार सवारी दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छ्न् ।

बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१-००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जना गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।