क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा गिफ्ट दिने भन्दै ठगी, सचेत रहन टेलिकमको आग्रह


काठमाडौं ।


नेपाल टेलिकमले सामाजिक सञ्जालहरूमा फैलाइएको विभिन्न अफवाहसँग सचेत रहन आग्रह गरेको छ ।

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पाँच हजारसम्मको नगद तथा उपहारको व्यवस्था भएको भनेर नेपाल टेलिकमको आधिकारिक लोगोसमेत प्रयोग गरी अफवाह फैलाएको उल्लेख गर्दै टेलिकमले सचेत रहन आग्रह गरेको छ ।

विभिन्न फेसबूक ग्रुप र म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकाले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ, बुधबार टेलिकमले सूचना जारी गर्दै भनेको छ ।

टेलिकमले कम्पनीको आधिकारिक ब्लुटिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्रै आधिकारिक मान्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।