एनपीएलमा आज पनि दुई खेल हुँदै


काठमाडौं ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ९ बजेदेखि काठमाडौं गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन्।

दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्। काठमाडौं र विराटनगरको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ। विराटनगरले छ मध्ये दुई खेलमात्र जितेको छ।

पोखराको पनि यो अन्तिम खेल हो। उसले पनि दुई खेलमात्र जितेको छ। सुदूरपश्चिमको भने यो छैटौँ खेल हो। यो टोली चार खेलमा विजयी भएको छ।

Skip This