जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित


काठमाडौं ।

जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।


नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जनकपुर बोल्टस प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो । 
 

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित खेल मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेल अघि नै प्लेअफमा पुगेको हो ।

जनकपुरले आफ्नो ६ खेल मध्ये ५ खेलमा जित निकालेको थियो । बिहीबार काठमाडौंलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग अप्रत्याशित रूपमा पराजित हुनु पुगेको थियो ।


उदघाटन खेलमा जनकपुरले विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएर अपराजित यात्रा निकालेको थियो । अपराजित यात्रामा निस्केको जनकपुर यसअघिको खेलमा भने सुदुरपश्चिमसँग पराजित भएको हो, जुन एक पराजित खेल मात्रै हो ।

अबको अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।  


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।