एजेन्सी ।
सन् २०२४ सकिन लागेसँगै यस वर्षका फिल्मलाई लिएर सन् २०२५ मा हुने विभिन्न अन्तर्राष्ट्रिय अवार्डका आयोजक संस्थाहरूले मनोनयन सार्वजनिक गर्न थालेका छन्।
यसै क्रममा हालै विश्व प्रसिद्ध गोल्डेन ग्लोब अवार्डको ८२ औं संस्करणका लागि फिल्मका विभिन्न विधाका मनोनयन सार्वजनिक गरिएको छ। जुन सूचीमा फिल्म इमिलिया पेरेज सर्वाधिक १० विधामा मनोनित भएको छ।

ज्याक आडियर्डद्वारा निर्देशित लागुऔषध कार्टेलिङको विषयवस्तुमा आधारित फिल्म सर्वोत्कृष्ट मोशन पिक्चर, म्युजिकल ड्रामा, गैर अंग्रेजी मोसन पिक्चर, म्युजिकल अर कमेडी, निर्देशक, पटकथाको मनोनयमा परेको छ। यो फिल्म सेलेना गोमेज र जिओ साल्दन गरी दुई जना सह –अभिनेत्री र दुई गीत ओरिजिनल गीत सहित १० विधामा मनोनयनमा परेको छ।
त्यस्तै ब्राडी कोबेटेलको द ब्रुटालिस्ट दोस्रो सर्वाधिक सात विधामा मनोनित फिल्म बनेको छ। यस वर्षको गोल्डेन ग्लोबमा नेटफ्लिक्स फिल्मको वर्चस्व देखिएको छ। यो अवार्ड कार्यक्रम ६ जनवरी २०२५ मा आयोजना हुनेछ।











प्रतिक्रिया