ज्ञानोदय, रेडियन्ट र सेबलाई रेडियन्ट कप


काठमाडौं ।

ज्ञानोदय बालवाटिका, आयोजक रेडियन्ट पब्लिक र सेबले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।

ज्ञानोदय सिनियर ब्वाइज, रेडियन्ट सिनियर गल्र्स र सेब जुनियर ब्वाइजमा च्याम्पियन बने । सिनियर ब्वाइज फाइनलमा ज्ञानोदयले एलआरआईलाई ४२–३३ ले पराजित ग¥यो । ज्ञानोदयका दिपेश शाहीले १७ अंक जोडे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रेडियन्टले स्वर्णिमलाई ३३–२१ ले हरायो । रेडियन्टकी दिब्यान्शा कार्कीले २३ अंक जोडिन्।

स्युचाटारस्थित आयोजक रेडियन्टमा भएको जुनियर ब्वाइजको फाइनलमा सेबले कश्यपलाई १७–१२ ले पाखा लगायो। सेबका जीवन खत्रीले ५ स्कोर गरे। दीपेश र दिब्यान्शा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। जुनियर ब्वाइजमा सेबका युविन तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। सिनियर ब्वाइजमा युगान्ता, सिनियर गल्र्समा श्री नवीन ज्योति र जुनियर ब्वाइजमा बौद्ध चिल्ड्रेन हेभेन अनुशासित टिम ठहरिए।

विजेतालाई काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकी, रेडियन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभाकृष्ण पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, केन्द्रीय प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। मंसिर २ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ गरी जम्मा ४८ टिम सहभागी थिए।

Skip This