साउथ वेल्समा सन्जितले जिते स्वर्ण


काठमाडौं ।

सन्जितकुमार राईले डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा स्वर्णसहित २ पदक जितेका छन्। ईबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले २ स्पर्धामा स्वर्ण र रजत जितेका हुन्।

सन्जितले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जिते। ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकवेल्टमा उनले रजत जितेका थिए। प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ। सन्जितको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।