नेपालले आज ताजिकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै


काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजिकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल आज साँझ नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि सुरु हुने छ।

त्यस्तै यसै मैदानमा नेपालले नोभेम्बर १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। फिफा वरियताको १०५औ स्थानमा रहेको ताजिकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ। २०१७ मा एएफसी एसियन कप छनोटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

त्यसैगरी फिफा वरियता १५१औँ स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ।

२०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ। दुवै मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम ताजिकिस्तान पुगिसकेको छ। 

Skip This