काठमाडौं ।
काया कप यु–१६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साताबाट हुने भएको छ।
नेपाली फुटबलको विकास ग्रासरुटदेखि नै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले प्रतियोगिताको आयोजना गर्न लागेको हो।
राजधानीको ३२ विद्यालयको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुने आयोजकले बताएको छ। प्रत्येक टोलीले कम्तिमा पनि तीन खेल खेल्न पाउनेछन्।
प्रतियोगिता काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुनेछ। सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिनेछ। हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन्।
प्रतियोगिताको समूह चरणका खेलहरु मंसिर १७ र १८ गते हुनेछन्। २० गते नकआउट चरणको खेलहरु हुनेछन् भने फाइनल २२ गते गर्ने आयोजकले जनाएको छ।











प्रतिक्रिया