स्ट्याग भेटेरान्समा नदीमलाई दोहोरो उपाधि


काठमाडौं ।

स्ट्याग ग्लोबल भेटेरान्स टेबलटेनिस च्याम्पियन्स ट्रफी २०२४ समापन भएको छ। आईटीटीएफका प्रशिक्षक नरेश रावलद्वारा आयोजित प्रतियोगितामा देशभरिका गरी करिब १०० खेलाडीले सहभागिता रहे। ४० वर्ष माथिको सिंगल्सतर्फ समिप श्रेष्ठले राजिप महाजनलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेका थिए।

यस्तै, ५० वर्ष माथिको विधामा नदीम शाक्यले राजेन्द्र बज्राचार्यलाई ३–२ ले हराउँदैं स्वर्ण पदक हासिल गरे। नदीमले ५५ वर्ष माथिको विधामा पनि स्वर्ण जितेका थिए । उनले यो विधामा कपूर शर्मालाई ३–१ ले पराजित गरेका थिए।

डबल्सतर्फ राजेन्द्र श्रेष्ठ र राजु शाक्यले राजेन्द्र र कपूरको जोडीलाई ३–१ ले हराउँदै उपाधि जितेका थिए। स्ट्याग सरोजको टेबलटेनिस फर अल क्लबमा प्रतियोगिता आयोजना गरिएको थियो।