सुनको मूल्य तोलामा ४ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६४ हजार ५ सय तोकेको छ।

बुधबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने चाँदी २ हजार १५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।