बक्सर नोर्बु र स्वस्तिकाले जिते स्वर्ण


काठमाडौं ।

नेपाली बक्सिङ खेलाडी नर्बु शेर्पा र स्वस्तिका तिरुवाले बहराइनमा जारी आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङतर्फ स्वर्ण पदक जितेका छन्। मंगलबार साँझ पुरुष ८० केजी तौल समूहमा शेर्पाले ब्राजिलका खेलाडीलाई ३–२ अंकले पराजित गर्दै उक्त प्रतियोगितामा नेपालका लागि दोस्रो स्वर्ण पदक जितेको प्रशिक्षक दीपक महर्जनले जानकारी गराएका हुन्।

त्यसअघि नेपालका प्रतिभाशाली महिला बक्सिङ खेलाडी स्वस्तिका तिरुवाले पनि महिला ५४ केजी तौल समूहमा ब्राजिलियन बक्सिङ खेलाडीलाई नै ५–० अंक आधारमा हराएर स्वर्ण पदक चुमेकी थिइन् ।

जारी प्रतियोगितामा बक्सिङतर्फ नेपालका स्वस्तिका तिरुवा र नोर्बु शेर्पाले एक–एक स्वर्णसहित सूर्य वैद्य र रोहित जनलाले समान एक–एक कांस्य पदक जितेका छन्। त्यसै गरी प्रतियोगितामा तेक्वान्दोतर्फ उज्ज्वल वाग्लेले पनि नेपाललाई एक स्वर्ण दिलाएका छन्।

ब्राइट फ्युचर मावि नैकापका उनले यसअघिको संस्करणमा पनि तेक्वान्दोमार्फत नेपाललाई स्वर्ण पदक दिलाएका थिए।

Skip This