अमेरिकाका ट्रम्प जनकपुरबाट एनपीएल खेल्ने


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुवा ट्रम्पलाई अनुबन्ध गरेको छ। जनकपुरले ट्रम्पलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रम्प अलराउण्डर हुन्। उनी दायाँ हाते ब्याटर र दायाँ हाते मेडियम पेस बलर हुन्। जनकपुरले यसअघि न्यूजियाल्डका जिम्मी निशामलाई भित्र्याएको थियो।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन्। आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ।

Skip This