काठमाडौँ ।
आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्ने भएका छन् ।
न्यूजील्याण्डले वेस्ट इण्डिजलाई दोस्रो सेमिफाइनलमा ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रीकाको फाइनलको यात्रा पनि रोमाञ्चक रहेको छ । ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । २०२३ को विश्वकपमा फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको दक्षिण अफ्रीकाले त्यसको बदला लिदै यस पटक भने अस्ट्रेलियालाई बाहिर गर्दै फाइनल खेल्दै छ ।
यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् । अब फाइनल खेल आइतबार दुबईमा नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
प्रतिक्रिया