इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका १० सेलिब्रेटी

6.39k
Shares

सामाजिक सञ्जाल इन्स्टाग्राम विश्वभर लोकप्रिय छ। यसका करिब २ बिलियन सक्रिय प्रयोगकर्ता रहेका छन्। यति धेरै सक्रिय प्रयोगकर्ताले सेलिब्रेटीलाई फलो गर्दै उनीहरूलाई चर्चित बनाइने हुँदा आजको डिजिटल दुनियाँमा इन्स्टाग्रामको लोकप्रियता मापन गर्ने यन्त्रझै बनेको छ। इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका टपटेन सेलिब्रेटी यस प्रकार छन् :

क्रिस्टियानो रोनाल्डो

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका सेलिब्रेटीको पहिलो नम्बरमा आउँछन् पोर्चुगल खेलाडी क्रिस्टियानो रोनाल्डो। इन्स्टाग्राममा उनका फलोअर्स ६ सय ३५ मिलियन रहेका छन्। उनी आफ्ना गतिविधि इन्स्टामा राख्दै आफ्ना फ्यानसँग जोडिन्छन्। रोनाल्डोले हालैमात्र आफ्नो युट्युब पनि खोलेका छन्। उनको युट्युबमा ९० मिनेटमा नै एक मिलियनले सस्क्राइब गरेका थिए। एक हप्तामा ५० मिलियन सस्क्राइबर पार गरेको उनका सस्क्राइबर ५२ मिलियन छन्।

लियोनेल मेस्सी

अर्का अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी इन्स्टाग्रामको फलोअर्सको आधारमा दोस्रो नम्बरमा पर्छन्। ३७ वर्षीय उनका ५ सय ४ मिलियन फलोअर्स रहेका छन्।

सेलेना गामेज

विश्व प्रसिद्ध अमेरिकी गायिका अभिनेत्री एवं निर्मात्री सेलेना गोमेज भने फलोअर्सको आधारमा इन्स्टाग्राममा तेस्रो नम्बरमा छिन्। संगीत दुनियाँमा विभिन्न खालका रेकर्ड राख्न सफल ३२ वर्षीया गोमेजको ४ सय २५ मिलियन फलोअर्स छन्।

काइली जेनर

चौथो नम्बरमा भने अमेरिकी टेलिभिजन पर्सनालिटी एवं व्यवसायी काइली जेनर पर्छिन्। २७ वर्षीया यी सुन्दरीलाई इन्स्टाग्राममा ३ सय ९८ मिलियनले फलो गर्छन्।

डाउनी जनसन

इन्स्टाग्राम फलोअर्सका आधारमा पाँचौ नम्बरमा परेका अमेरिकी अभिनेता निर्माता तथा पूर्वरेस्लर खेलाडी डाउनी द रक जनसनको ३ सय ९६ मिलियन फलोअर्स छन्। उनी सबैभन्दा धनी अभिनेताको सूचीको तेस्रो स्थानमा पर्छन्। उनको कुल सम्पत्ति ८ मिलियन डलर रहेको छ।

एरियाना ग्राण्डे

छैटौं नम्बरमा भने पप स्टार, गीतकार एवं अभिनेत्री एरियाना ग्राण्डे पर्छिन्। मिठो स्वरकी धनी ३१ वर्षीया एरियानाको इन्टाग्राम फलोअर्स ३ सय ७७ मिलियन रहेका छन्।

किम कर्डसियन

रियालिटी स्टार एवं टेलिभिजन पर्सनालिटी किम कार्डसियन इन्स्टाग्राममा धेरै फलोअर्स हुने सेलिब्रेटीको सातौं नम्बरमा छिन्। उनका फलोअर्स ३ सय ६१ मिलियन रहेका छन्।

बियोन्से

पपस्टार तथा अभिनेत्री बियोन्से यस मामलामा आठौं नम्बरमा छिन्। बी, सासा फियर्स, थर्ड वार्ड ट्रिलजस्ता नामले समेत चिनिने ४३ वर्षीया बियोन्सेको इन्स्टाग्राम फलोअर्स ३ सय १७ मिलियन रहेका छन्।

ख्लो कार्दसियन

रियालिटी टिभी स्टार तथा व्यवासायी ख्लो कार्डसियन नवौं स्थानमा छिन्। ४० वर्षीया ख्लोलाई इन्स्टाग्राममा ३ सय ७ मिलियनले फलो गर्छन्।

जस्टिन बिबर

क्यानेडियन पपस्टार जस्टिन बिबरको लोकप्रियता विश्वभर छ। उनी सबैभन्दा बढी पछ्याइने सेलिब्रेटीको दशौं नम्बरमा पर्छन्। उनको फलोअर्स २ सय ९३ मिलियन रहेका छन्। बेबी बोलको गीतबाट चर्चासँगै लोकप्रियताको शिखर चुमेका यी पप आइकन हाल ३० वर्षका भए भने उनको नाममा ३९ विश्व रेकर्ड छन्। सन् २०१० मा रिलिज भएको पहिलो एल्बमले नै उनलाई पपकिङ र पप आइडलजस्ता उपाधि दिलाएको थियो ।