डिआइजी कार्कीले ल्याए ‘फूलको वासना सरी’


काठमाडौं ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीको ‘फूलको बासना सरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्कीको गीत अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले सार्वजनिक गरेका हुन्।

सो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन् भने चर्चित गायक राजेश पायल राई, मेलिना राई, बेनिसा पौडेल र गायक समीर खरेलको स्वर दिएका छन्। गीतमा रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिशा हमालको अभिनय देख्न सकिन्छ।

गीतको भिडियो निर्देशक गम्भीर बिष्ट र यसको कन्सेप्ट सरोज ओलीको रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।