काठमाडौँ।
नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्ष शत्रुधन प्रसाद गुप्ताको नेतृत्वमा गएकाे संघक पदाधिकारी र पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपालका अध्यक्ष नरेन्द्र काेईराला लगाएतका संयुक्त टोलीले आज विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, सदस्य सचिव प्रा शकर भणडारीलाई संघले तयार गरेको स्तर निर्धारण विनियम २०८० हस्तान्तरण गरेको छ।
मस्यौदा बुझ्दै अध्यक्ष अधिकारीले सामुदायिक क्याम्पसमा कार्यरत शिक्षककाे स्तर निर्धारण अनिवार्य भइसकेको भए तापनि यसमा कानुनी, ब्यबहारिक तथा विश्व बिदयालयहरूसंग अविलम्ब समन्वय गरी अधि बढ्ने कुरा बताउँदै सो मस्यौदा अध्ययनका लागि सदस्य सचिव भण्डारीलाई जिम्मा लगाए।
सो अवसरमा संघका निवर्तमान एवं मस्यौदा समितिका संयोजक शिवराज सनजेल, महासचिव गोविन्द कार्की लगायतका पदाधिकारीहरूकाे सहभागिता थियो।
सोही अवसरमा आयोगले एनईएचईपी अन्तर्गत नौ सय जना सामुदायिक क्याम्पसमा कार्यरत शिक्षकहरूलाई साठी धन्टाकाे शैक्षिक तालिम सन्चालन बारे संघको धारणा र कार्यकर्मकाे मापदण्ड बारे आयोगका एनईएचईपी प्रा डा हृदयरत्न बज्राचार्यले प्रारम्भिक जानकारी गराउँदै सो बारे संघको धारणा र सहयोगका लागि अनुरोध गरे ।
विश्व बैङ्क र नेपाल सरकारकाे संयुक्त सहयोगमा सञ्चालित उच्च शिक्षा कार्यक्रममा नर्सरिङ एनईएचईपीकाे अभिन्न अंग रहेको छ।
प्रतिक्रिया