हेटौंडा ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको गाडीबाट गाँजा बरामद गरेको छ ।
बिहीवार विहान करिब ५ः३० बजे प्रदेश ०३–००१ च २११६ नम्बर स्कर्पियो चेक गर्ने क्रममा स्कर्पियो चालक हेटौंडा–५ घर बताउने वर्ष ३४ का बिनोद सेवा र सोही गाडीमा सवार वडा–१३ घर बताउने वर्ष ३५ की सुनिता तामाङलाई खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
स्कर्पियोको पछाडि लुकाइ ल्याइएको अवस्थामा ३३ किलो लागुऔषध गाँजा फेला परेको हँुदा गाँजा र स्कर्पियोसहित उनीहरुलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमतिसाथ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया